सांसद अरुण चौधरी जेल चलान

धनगढी । सांसद अरुण चौधरी जेल चलान भएका छन्।
बिहीबार बाँकेबाट पक्राउ परेका चौधरीलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा बुझाएको थियो। अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागरा चलान भएका हुन्।
प्रहरीले कैलाली-२ बाट निर्वाचित सांसद चौधरी बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो।
करिब १२ वर्षअघि उनलाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो। सोही आदेशअनुसार उनी जेल चलान भएका हुन्।
बाँकेको बैजनाथ गाउँपालिका-१ को चिसापानी क्षेत्रमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका थिए। उनी नागरिक उन्मुक्ति पार्टीको प्रतिधितित्व गर्दै संसदमा प्रवेश गरेका हुन्।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा चौधरी २१ हजार ८७१ मत ल्याएर विजयी भएका थिए। उनले एमालेका झपटबहादुर रावल र गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगत बडुवाललाई पराजित गरेका थिए। रावलले १६ हजार १२८ मत पाएका थिए भने बडुवाल १५ हजार ११६ मतसहित तेस्रो भएका थिए।
त्यसअघि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनले अघिल्लो स्थानीय तह निर्वाचनमा लम्की चुहाबाट पराजित भएका थिए भने लगत्तै सम्पन्न प्रदेशसभामा निर्वाचनमा पनि पराजित भएका थिए।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #अरुण चौधरी, #सांसद अरुण चौधरी जेल चलान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्