प्रधानमन्त्री दाहाल आज जुगल जाने
सिन्धुपाल्चोक। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज शुक्रबार जुगल गाउँपालिका आउनुहुने भएको छ । उहाँ जुगल गाउँपालिका ५ मा श्री रत्न राज्य माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्नका लागि आउन लाग्नुभएको हो ।
प्रधानमन्त्री दाहालले आजै चीन सरकारको सहयोगमा निर्मित आवासीय सुविधा सम्पन्न विद्यालय भवनको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको प्रतिनिधि सभा सदस्य माधव सापकोटाले जानकारी दिनुभयो ।चीनले भवन हस्तान्तरण गरेपछि भवनको उद्घाटन गरिने छ ।
पूर्व सभामुख अग्नि सापकोटाको पहलमा रत्न राज्य माविको अत्याधुनिक भवन बनाउन चीन सरकारले सहयोग गरेको हो । २०७६ सालमै निर्माण सम्पन्न भएको भवन कोरोना कहर को कारण हस्तान्तरण भएको थिएन ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्