Techie IT
सोमबार, वैशाख २२,२०८२

सांसद अरुण चौधरीलाई आज अदालत पेश गरिंदै


काठमाडौं । बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई शुक्रबार कैलाली जिल्ला अदालतमा पेश गरिने भएको छ ।

वि.सं. २०६६ सालमा ट्याक्टर जलाएको घटनामा दोषी ठहर गरिएका चौधरीलाई अदालतको आदेश कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गर्न लागिएको हो ।

बिहीबार पक्राउ परेका सांसद चौधरीलाई बिहीबार नै काठमाडौं ल्याएर धनगढी लगिएको थियो ।

कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते चौधरीसहित तीन जनालाई अदालतले ६ महिना कैद र ८ लाख १८ हजार रूपैयाँ क्षतिपूर्तिको फैसला गरेको थिया् ।

यसैबीच, सांसद चौधरीसहित धनगढी पुगेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सांसद चौधरीको गिरफ्तारीलाई नियोजित भन्नुभएको छ ।

नौ वर्षदेखि फरार भनिएका चौधरी मेयर र प्रदेशसभाको निर्वाचन लड्दासम्म फरार नहुने तर प्रतिनिधि सभामा निर्वाचित भएलगत्तै पक्राउ गर्नु नियोजित भएको उहाँको तर्क छ ।

यो घटनापछि सरकारलाई दिएको समर्थनबारे आफूहरु सोच्न बाध्य भएको पनि उहाँले बताउनु भएको छ ।

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित अरुण चौधरी जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीका सहोदर भाइ हुनुहुन्छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #अरुण चौधरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545