राष्ट्रिय स्वतन्त्र पार्टी आजै सरकारबाट बाहिरिन सक्ने

काठमाडौं, १९ माघ । राष्ट्रिय स्तवन्त्र पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ । सम्भवत: आजै सरकारबाट बाहिरिने पार्टीको तयारी छ ।
गृहमन्त्रालय नपाउने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको हो । आज पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ ।
बैठकले सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने बताइएको छ । संसदमा १९ जना सांसद भएको रास्वपाले सत्ता गठबन्धनको भागबन्डामा उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो। सोही अनुसार सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका थिए।
उनको पुरानो नागरिकता कायम नभएकाले सांसद पद बदर हुने सर्वोच्चको फैसलापछि उनको पद गुमेको थियो। नागरिकता पुन: प्राप्ति गरेपछि उनले फेरि गृह मै फर्कने इच्छा देखाएका थिए ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई गृहमन्त्रालय दिन अस्वीकार गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्