सभापति रवि लामिछानेका गतिविधिले पार्टीभित्रै असन्तुष्टि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गतिविधिले उनकै पार्टीभित्र असन्तुष्टि चुलिएको छ।
नागरिकता प्रकरणमा सांसद र मन्त्री पद गुमाएका लामिछानेले नागरिकता लिएलगत्तै फेरि मन्त्री हुन खोजेको आरोप उनलाई पार्टीभित्रैबाट आएको छ।
गत शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री, सांसद र पार्टी सभापति गुमाएका लामिछानेले आइतबार नागरिकता लिए। नागरिकता लिएलगत्तै लामिछाने पार्टीको सभापति बनेका थिए।
त्यसपछि उनले आफ्नो गुमेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद खोजेका छन्। त्यसका लागि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दबाब दिएका छन्। त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ समेत लिइरहेका छन्।
प्रचण्डले भने लामिछानेलाई मन्त्री बनाउन चाहेका छैनन्। उनले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आउन पर्ने भन्दै आएका छन्।
लामिछानेको यही सक्रियतालाई पार्टीभित्र शंका गर्न थालिएको छ। रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापतिका गतिविधिले पुराना पार्टीका गतिविधि बिर्साउने काम गरेको बताए।
‘सभापतिजीले आफ्नै लागि गृह मन्त्रालय माग्नुभएको भन्ने प्रष्ट त छैन। तर उहाँले पार्टीकै लागि माग्नुभएको हो भन्ने प्रष्ट हुन सकेको छैन,’ कार्कीले सेतोपाटीसँग भने, ‘उहाँको गतिविधिले हामी अरूभन्दा फरक हुन सकेनौं भन्ने प्रश्न उठेको छ। यो स्वाभाविक हो।’
पार्टीमा यस विषयमा कुनै छलफल समेत नभएकाले थप आशंका गर्ने ठाउँ बढेको उनले बताए।
‘भागवन्डाको राजनीति गरिसकेपछि गृहमा हामीले दाबी गर्नु स्वाभाविक हो। तर मलाई नै चाहिन्छ भन्नु अस्वाभाविक हो,’ उनले भने, ‘अहिलेसम्मका दौडधुपहरू आफ्नो लागि भन्दा पनि पार्टीका लागि गरेको भनेर सभापतिले आश्वस्त पार्न सक्नुपर्छ।’
पार्टीका बैठकमा समेत लामिछानेले कसैको प्रश्न सुन्न चाहँदैनन् भन्ने आरोप लाग्दै आएको छ।
लामिछानेका गतिविधिले सांसदहरू समेत असन्तुष्ट बनेका छन्।
‘हामी त झन् चाँडो बिग्रिन्छौं जस्तो भइसकेको छ। उहाँले पार्टीभन्दा आफूलाई केन्द्रमा राख्नुभएको छ,’ एक सांसदले भने, ‘उहाँले आफ्नो नैतिकताको पाटोलाई समेत ख्याल गर्नुभएन। सत्ताबिना बस्न सक्दिनँ भन्ने मानसिकता उहाँमा देखिएको छ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्