गृहमन्त्री रास्वपाले पाउने सहमति छ: अध्यक्ष ओली
काठमाडौं । सत्ता घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति रहेको बताएका छन्।
बिहीबार विराटनगर विमालस्थलमा संवाददातासँग कुरा गर्दै ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताए।
ओली नेपाल उद्योग परिसंघ (सिआइएन) प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न आज विराटनगर पुगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा हुनुहुन्छ नि भन्ने प्रश्नमा ओलीले सत्ता गठबन्धन यसअघि भएको सहमतिमा दृढ रहेको बताए।
‘पहिला रविजी गृह मन्त्री हुनुभयो। गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो। अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो,’ ओलीले भने।
माओवादी नेताहरू राष्ट्रपति राष्ट्रिय सहमतिको वकालत गरिरहेका छन्, राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई जिताएर गृह मन्त्रीसहित अरू मन्त्रालय दिएर कांग्रेसलाई सत्तामा ल्याउने चर्चा भइरहेको छ नि भन्ने अर्को प्रश्नमा ओलीले भने- कांग्रेस त गृहराज्य मन्त्री दिए पनि अहिले सरकारमा आउँछ। राष्ट्रपतिमा चाहिँ एमालेकै उम्मेदवार निर्वाचित हुनुहुन्छ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनमा अहिले कुनै पनि खटपट नभएको दाबी गरे।
‘हाम्रा राजनीतिक एजेन्डा र प्रतिवद्धता छन्। ती एजेन्डा र प्रतिवद्धता पूरा गर्न बाँकी भएकाले गठबन्धन कायम रहन्छ, कुनै समस्या हुन्न,’ ओलीले भने।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #गृह मन्त्रालय, #नेकपा एमाले, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्