परराष्ट्रमन्त्री डा. विमला पौड्याल आज श्रीलंका जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल बिहीबार श्रीलंका भ्रमणमा जाँदै हुनुहुन्छ ।
परराष्ट्रमन्त्री बनेपछि पहिलो विदेश भ्रमणमा जान लाग्नुभएकी उहाँ श्रीलंका बेलायती उपनिवेशबाट मुक्त भएको हिरक महोत्सवमा सहभागी हुनुहुने छ ।
साथै राजनीतिक महत्वका कार्यक्रमहरुमा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री पौड्यालले श्रीलंका भ्रमणका क्रममा शिथिल बनेको सार्कको बारेमा पनि कुराकानी गर्ने बुझिएको छ ।
शुक्रबार श्रीलंकाली समकक्षी दिनेश गुणबर्द्धनेसँग दुई पक्षीय हितका विषयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघेसँग पनि मन्त्री पौड्यालले भेटवार्ता गर्नुहुने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #डा विमला राई पौड्याल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्