डडेल्धुरामा बस दुर्घटना: सातको मृत्यु, २० घाइते
डडेल्धुरामा बस दुर्घटना: सातको मृत्यु, २० घाइते प्रकाशित मिति: बुधबार, बैशाख ११, २०७६ समय: ८:०४:३४ 0 SHARES Share Tweet डडेल्धुरा, वैशाख ११- बुधबार बिहान डडेल्धुराको साहुखर्कमा बस दुर्घटना भएको छ । कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस साहुखर्क नजिक दुर्घटनामा परेको हो । बस सडकबाट २ सय मिटर तल खस्दा सातजनाको घटनास्थलमै मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । बुधबार बिहान चार बजे भएको दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बस दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्