Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

क्षतिग्रस्त ९० सम्पदामध्ये ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न,पूनर्निमित जयवागेश्वरी मन्दिरको उद्घाटन पर्सि


काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ९० वटा सम्पदामध्ये ६३ वटा सम्पदाको पुनःनिर्माणसम्पन्न भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार पुननिर्मित जयवागेश्वरी मन्दिरको भने पर्सि माघ २० गते उद्घाटन गर्ने कार्यक्रम छ ।

बाँकी २७ सम्पदामध्ये हाल ११ सम्पदाको पुनःनिर्माण भइरहेको र अरु१६ सम्पदाको स्रोत अभावका कारण पुनःनिर्माण हुन सकेको छैन।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामा हालसम्म जयवागेश्वरी,
जीतजगप्रकाशेश्वर मन्दिर,मृगस्थली क्षेत्रका शिवालय, गौरीघाट चौघेरा सत्तल,दाफा भजन पाटी,शङ्कराचार्य मन्दिरलगायत ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको हो ।

निर्माणधिन अवस्थाका केही सम्पदाहरु बजेट अभावका कारण निर्माणकार्य रोकिएको कोषले बताएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्