दिनभरको उतारचढावपछि सामान्य बढेर बन्द भयो सेयर बजार
काठमाडौं । दिनभरको उतारचढावपछि सेयर बजार सामान्य बढेर बन्द भएको छ । बुधबार ४.९७ अंकले बढेको बजार २११६.६५ बिन्दुमा रोकिएको छ ।
शून्य दशमलव २४ प्रतिशतले बढेको बजारमा २६१ धितोपत्रको ३६ हजार ८७९ वटा कारोबारबाट ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने खस्किएको छ । कुल १ अर्ब ७६ करोड ७० लाख रुपैयाँको मात्र कारोबार भएको छ ।
इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ उपसूचक राताम्य देखिए । त्यसबाहेकका उपसूचकको मूल्य बढेको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको कारोबार सकारात्मक सर्किट लेवलमा भयो । सिद्धार्थ इन्स्योरेन्स, इस्टर्न हाइड्रो, राप्ती हाइड्रोलगायत कम्पनीको मूल्य धेरैले बढेको छ । एनआईबीएल समृद्धि फण्डको मूल्य सबैभन्दा धेरै ३.७४ प्रतिशतले घट्यो ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्