प्रहरी हिरासतबाट पर्खाल फोडेर भागेका तीनजना थुनुवा पक्राउ
धनुषा । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका-२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका-२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका-६ का रोशनकुमार महतो रहेका छन् ।
अभद्र व्यवहार तथा शान्तिसुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो ।
आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छ जना फरार भएका थिए । बाँकी तीनजनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास जारी बताइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्