बैंकको ऋणले थिचिएका किसानले अप्रिय निर्णय नगरेसम्म कुर्ने हो ?- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले सरकारले किसानलाई क्षतिपूर्ति बापत दिनुपर्ने रकम नदिएको भन्दै आपत्ति जनाएका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले बर्डफ्लू न्यूनीकरणका लागि सरकारले किसानहरूको कुखुरा फर्म नष्ट गर्दा दिनुपर्ने निर्णय गरेको ५८ करोड नदिएको भन्दै आपत्ति जनाएका हुन् ।
अहिले ती किसानहरू मन्त्रालय धाइरहेको र सरकारले केवल आश्वासनको भरमा टारिरहेको उनको आरोप छ । ‘सयौंका संख्यामा साना किसानहरु कृषि मन्त्रालय धाइरहेका छन् । यी तिनै किसान हुन् जसले बैकबाट ऋण लिएर साना-साना कुखुरा फार्म चलाएका छन् ।
बर्डफलूको जोखिम न्यूनीकरणका लागि सरकारको निर्णयबाट तिनीहरुको कुखुरा फार्म नष्ट गरियो । नियमअनुसार किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दै तर दिँदैन झुलाउँछ । किन कि सरकारलाई भ्याइनभ्याई छ । बैंकले उनीहरुलाई अठ्याउँछ । मेरो सरकारलाई प्रश्न छ, बैंकको ऋणले थिचिएका साना किसानले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो ?’ उनले संसद्मा प्रश्न गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गगनकुमार थापा, #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्