विस्तृत शान्ति सम्झौताको सक्कल प्रति को सँग छ : एकनाथ ढकाल
काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरेका छन् । विस्तृत शान्ति सम्झौताको सक्कलप्रति कहाँ छ भन्ने पनि उनको प्रश्न छ ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रश्न गरे, ‘विस्तृत शान्ति सम्झौताको सक्कलप्रति कहाँ र को सँग छ ?’
०६३ साल मंसिर ५ गते तत्कालिन नेकपा माओवादी र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसयता शान्ति प्रक्रियाको विभिन्न चरण पार गर्दै संविधानसभा मार्फत संविधान जारी गरी त्यसयता दुईवटा आम निर्वाचन भइसक्दा पनि संक्रमणकालीन न्यायको काम नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
‘शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता अहिले तेस्रो पटक प्रधानमन्त्री हुनुहुन्छ । तर, अझै पनि शन्ति प्रक्रियाको एक महत्वपूर्ण पक्ष संक्रमणकालीन न्यायसम्बन्धी कार्यमा खासै प्रगति हुन सकेको छैन’, ढकालले भने ।
सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितहरुबाट ६० हजार भन्दा धेरै उजुरीहरु प्राप्त गरेपनि त्यसउपर अनुसन्धान नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे । सांसद ढकालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी काम अविलम्ब सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख गरिएको स्मरण गरे ।
सांसद ढकाल थप्छन्, ‘संक्रमणकालीन न्यायको असफलताले गम्भीर परिणाम निम्त्याउने सम्भावनाप्रति सचेत रहन र यसलाई उच्च प्राथमिकतामा राख्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एकनाथ ढकाल, #प्रतिनिधिसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्