विस्तृत शान्ति सम्झौताको सक्कल प्रति को सँग छ : एकनाथ ढकाल

काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरेका छन् । विस्तृत शान्ति सम्झौताको सक्कलप्रति कहाँ छ भन्ने पनि उनको प्रश्न छ ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रश्न गरे, ‘विस्तृत शान्ति सम्झौताको सक्कलप्रति कहाँ र को सँग छ ?’
०६३ साल मंसिर ५ गते तत्कालिन नेकपा माओवादी र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसयता शान्ति प्रक्रियाको विभिन्न चरण पार गर्दै संविधानसभा मार्फत संविधान जारी गरी त्यसयता दुईवटा आम निर्वाचन भइसक्दा पनि संक्रमणकालीन न्यायको काम नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
‘शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता अहिले तेस्रो पटक प्रधानमन्त्री हुनुहुन्छ । तर, अझै पनि शन्ति प्रक्रियाको एक महत्वपूर्ण पक्ष संक्रमणकालीन न्यायसम्बन्धी कार्यमा खासै प्रगति हुन सकेको छैन’, ढकालले भने ।
सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितहरुबाट ६० हजार भन्दा धेरै उजुरीहरु प्राप्त गरेपनि त्यसउपर अनुसन्धान नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे । सांसद ढकालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी काम अविलम्ब सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख गरिएको स्मरण गरे ।
सांसद ढकाल थप्छन्, ‘संक्रमणकालीन न्यायको असफलताले गम्भीर परिणाम निम्त्याउने सम्भावनाप्रति सचेत रहन र यसलाई उच्च प्राथमिकतामा राख्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एकनाथ ढकाल, #प्रतिनिधिसभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्