Techie IT
सोमबार, वैशाख २२,२०८२

भक्तपुर ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ


भक्तपुर । प्रहरीले भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट एकजना नक्कली परीक्षार्थी पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशंकर गाउँपालिका–५ का २५ वर्षीय  युवराज खड्काको नाममा दुईपाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने दोलखा गौरीशंकर– ५ कै २३ वर्षीय देवबहादुर श्रेष्ठलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

प्रहरी सहायक हवल्दार भुपेन्द्र कार्कीको टोलीले नियन्त्रणमा लिएको परिसरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिए । सोही घटनाको वास्तविक परीक्षार्थी युवराज खड्कालाई कार्यालयमा झिकाई थप अनुसन्धानको लागि कार्यालयको हिरासतमा राखिएको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #नक्कली परीक्षार्थी पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545