रोटरी क्लबले सम्पदा संरक्षणका लागि पैदल यात्रा गर्ने
सीता पौडेल अर्चना
काठमाडौं । रोटरी क्लब अफ पाटन हेरिटेजले सम्पदाको संरक्षणका लागि पैदल यात्रा कार्यक्रम गर्ने भएको छ ।
रोटरीले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरेर कला तथा संस्कृति, सम्पदा संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्न र जनमानसमा यसबारे अवगत गराइ सम्पदाको प्रचारप्रसार गर्ने बताइएको छ ।
फागुन ६ गते हुने पैदल यात्रा ललितपुर मंगलबजार दरबार स्क्वायरबाट पुलचोक, अक्षेश्वर महाबिहार, भनिमण्डल, जलविनायक, पाँगा बस पार्क हुँदै कीर्तिपुरको उमामहेश्वर मन्दिरसम्म १२ किलोमिटरको रहेको बताइएको छ ।
पैदल यात्रामा २ हजार भन्दा बढी व्यक्तिहरुको सहभागिता गराउने संस्थाको उद्देश्य रहेको बताइएको छ । पैदल यात्रामा सहभागीता जनाउन चाहनेले प्रतिव्यक्ति ७ सय रुपैयाँ सहयोग स्वरुप खल्ती एपमा पठाउन आयोजकले आग्रह गरेको छ । नाम दर्ता भएका सहभागीहरुलाई प्रतिव्यक्ति टिसर्ट, क्याप र खाजा उपलब्ध गराउने बताइएको छ ।
दर्ता शुल्कबाट संकलित सहयोग भाइदेगः पुनर्निर्माण गरिरहेको संस्था संस्कृति सम्पदा संरक्षण समूहलाई उपलब्ध् गराइने हेरिटेजले बताएको छ । हेरिटेजले सम्पदा संरक्षणमा सहयोग जुटाउनका लागि पैदल यात्राको कार्यक्रम राखेको जनाएको छ । भाइदेगः मन्दिर ललितपुर मंगलबजारस्थित दरबार स्क्वायरको दक्षिण पश्चिमतर्फ (हाल निर्माणाधिन अवस्थामा) रहेको छ । तल्ले शैलीको कलात्मक आकर्षण रहेको महादेवको मन्दिर वि.सं.१९९० को भूकम्पमा भत्किएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #रोटरी क्लब
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्