प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता
काठमाडौं । मित्रराष्ट्र अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन्।
दुई दिने भ्रमणमा आइतबार काठमाडौं अवतरण गरेकी नुल्यान्डले आजदेखी भेटवार्ता सुरु गरेकी हुन्। प्रधानमन्त्रीसँगको भेटमा साझेदारीको बृहत् एजेन्डामा छलफल भएको जनाइएको छ।
नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार नुल्यान्डले आजै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ।
आमनिर्वाचनपछि नयाँ सरकार गठन भएयता अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । उनी सन् २०२१ मा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीमा नियुक्त भएकी हुन् ।
अमेरिकाका विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति सम्बद्ध अल्ब्राइट स्टोनब्रिज समूहमा वरिष्ठ परामर्शदाताका रूपमा काम गरिसकेकी उपविदेशमन्त्री नुल्यान्डको नेपाल भ्रमण अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनको ३३ वर्ष लामो अमेरिकी कूटनीतिक यात्राका क्रममा पूर्वराष्ट्रपति बाराक ओबामा कार्यकालमा युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा कार्य गरेकी थिइन् । त्यस्तै हिलारी क्लिन्टन विदेशमन्त्री हुँदाका बखत अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भूमिका निर्वाह गरेकी थिइन् ।
त्यस्तै पूर्वराष्ट्रपति जर्ज डब्लू बुसको दोस्रो कार्यकालमा नेटोका लागि अमेरिकी राजदूत, त्यसअघि युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेष दूत तथा वार्ताकार र सन् २००३ ताका तत्कालीन अमेरिकाका उपराष्ट्रपति चेनीको सुरक्षा सल्लाहकारका रूपमा उनले काम गरेकी थिइन् ।
रुस, चीन, मङ्गोलिया तथा अमेरिकाको विदेश मन्त्रालयभित्र पनि उनको विभिन्न भूमिकाको कार्यानुभव रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अमेरिका, #भिक्टोरिया नुल्यान्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्