पत्रकार कल्याणकारी कोष स्थापना गर्ने प्रेस चौतारीको निर्णय

काठमाडौं, माघ १५ । प्रेस चौतारी नेपालले आफ्नो २५औं स्थापना दिवस भब्यताका साथ मनाउने निर्णय गर्दै पुरस्कारको राशी बृद्धि गरेको छ ।
प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालय काठमाडौंमा बसेको सचिवालय बैठकले ६ वटै पुरस्कारको राशी बृद्धि गर्ने निर्णय गरेको अध्यक्ष हो । जसअनुसार हृदयचन्द्र सिंह प्रधान र अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कारको राशी ३५/३५ हजार पुर्याइएको छ ।
यसैगरी डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार, बीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार, सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार, चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारको राशी पनि २० हजार पर्याउने निर्णय सचिवालय बैठकले गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपालले प्रत्येक बर्ष माघ २२ गते पुरस्कार बितरण गर्दै आएको छ ।
सचिवालय बैठकले आगामी माघ २२ गते संगठनको स्थापना दिवस मुलुकभर बिशेष र रचनात्मक काम गरी मनाउने निर्णय गरेको छ । यस्तै पुरस्कार छनोटका लागि बरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा ३ सयस्यीय समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष देविका घर्ती मगर र महासचिव हिरामान लामा सदस्य हुनुहुन्छ ।
बैठकले पुरस्कारलाई ब्यवस्थित गर्न र अप्ठ्यारोमा परेका सदस्यहरुलाई सहयोग गर्न ५० लाख रुपैयाँको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ ।
कोष स्थापनाका लागि पदाधिकारी, केन्द्रीय सदस्य, आयोग पदाधिकारी तथा सदस्य, प्रदेश समितिका पदाधिकारी, सदस्य र जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई दायित्व तोकेको छ । सुरुमा आफ्नै सदस्यहरुको सहयोगमा कोष स्थापना गर्ने ठहरसहित दायित्व तोकिएको अध्यक्ष गणेश बस्नेतले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रेस चौतारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्