उपप्रधानमन्त्री लामिछाने विरुद्धको रिटको अन्तिम सुनवाइ सकियो
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्धको नागरिकता विवाद सम्बन्धी सर्वोच्च अदालतमा जारी सुनुवाइ सकिएको छ ।
गृहमन्त्री लामिछानेतर्फका कानून व्यवसायीहरूले बहस र रिट निवेदकहरूले जवाफी बहस गरेपछि आज सुनुवाइ सकिएको हो ।
बहस सकिएपछि संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्न भन्नेबारे संवैधानिक इजलास आन्तरिक छलफलमा रहेको छ ।
गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेको संवैधानिक इजलासले सुनुवाई गर्दै आएको थियो ।
गृहमन्त्री लामिछानेसमेतलाई विपक्षी बनाएर अधिवक्ता रविराज बसौलासहित र अर्का अधिवक्ता युवराज पौडेलसहितको दुई छुट्टाछुट्टै रिट निवेदनमा एकसाथ सुनुवाई हुँदै आएको थियो ।
गत पुस २२ गते अग्राधिकारमा राखेर संवैधानिक इजलासले सुनवाइ गर्दै आएको लामिछानेविरुद्धको सो रिट निवेदन बुधबार हेर्दाहेर्दैमा राखेर आज अन्तिम सुनुवाई गरेको हो ।
नागरिकता विवादमा संसद् पदको अयोग्यता सम्बन्धी दायर रिटमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभा सदस्य रबि लामिछाने, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ लगायतलाई विपक्षी बनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने, #सर्वोच्च अदालत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्