मधेस प्रदेशका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गर्नुभएको छ ।
बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नवनियुक्त दुई मन्त्रीहरूले आज पदभार ग्रहण गर्नुभएको हो ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्रालयमार्फत रहेको ७ वटा कार्यालयको कामकाज छिटो र प्रभावकारी बनाउनका लागि भोलिदेखि नै टोकन प्रणालीमार्फत काम गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
मन्त्री यादवले मन्त्रालयले अगामी दिनमा सडक सम्बन्धी योजना सञ्चालन गर्दा मझौला किसिमको योजनाहरू मात्र सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले स्थानीय तथा संघीय सरकारले साना तथा ठूला योजना सञ्चालन गर्ने मान्यतामा आफू रहेको बताउँदै प्रदेश सरकारले मझौला किसिमका योजनाहरू मात्र सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले विगतमा के भयो त्यसको पछाडि आफू नजाने बताउँदै भौतिक पूर्वाधारको काम गर्दा गुणस्तरीयता, सुशासन तथा जनतामैत्री भएर काम गर्ने बताउनुभयो ।
नेकपा एमालेका संसदीय दलका नेता समेत रहनुभएका मन्त्री यादवले मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरूका बीचमा सहमति भइसकेको बताउँदै आइतबार सम्ममा सरकारले पूर्णता पाउने बताउनुभयो ।
पदभार ग्रहण गराउँदै मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कृष्णकुमार मिश्रले संघीय सरकारले कार्यालयहरूको काम छिटो छरितो बनाउने निर्देशन दिएअनुसार मन्त्रालय मातहत रहेका प्रदेशका ७ कार्यालयको काम छिटो गराउनका लागि भोलिदेखि लागु हुने गरि टोकन प्रणाली लागु गरेको बताउनुभयो ।
त्यस्तै, मधेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वसन्त कुमार कुशवाहाले पनि मन्त्रालयको कार्यभार सम्हाल्दै किसान कार्ड लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले रासायनिक मल तथा किसानलाई कृषि अनुदान समयमा पारदर्शी किसिमले उपलब्ध गराउनका लागि प्रयास गर्ने बताउनुभयो ।
मन्त्री कुशवाहा जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुभएको हो । कृषि मन्त्री मन्त्रालय पुग्दा कृषि सचिव डा. नम्रता सिंह सहितका कर्मचारीहरूले उहाँलाई स्वागत गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #मधेस प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्