महर्षि स्कूल सामाखुशीमा ईन्द्रेणीको वृहद सांस्कृतिक कार्यक्रम सम्पन्न
काठमाडौँ । सरस्वती पुजाको अवसर पारेर सामाखुशीस्थित महर्षि स्कूलमा ईन्द्रेणीको वृहद सांस्कृतिक कार्यक्रम भएको छ ।
विभिन्न रचनात्मक कार्यक्रम गरी विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको सो स्कूलले आज सरस्वती पुजाको अवसर पारेर सरस्वती पुजा विशेष कार्यक्रम तथा इन्द्रेणी समूहको वृहद सांस्कृतिक प्रस्तुती गरेको हो ।
आज महर्षि स्कूलमा ईन्द्रेणीका चर्चित कलाकार कृष्ण कडेंल, मनमाया वाइवा, छत्र शाही, आयुष्मा गौतम, पुजा देवकोटा, सुप्रिम मल्ल ठकुरीलगायतका कलाकारको वृहद सांस्कृतिक प्रस्तुती रहेको थियो ।
कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रकाशचन्द्र दवाडीले विद्यार्थीलाई पढाईको अलावा विभिन्न रचनात्मक कार्यक्रममार्फत मनोरञ्जन प्रदान गर्न ईन्द्रेणी लोकदोहोरी कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद पण्डित, विद्यालयका प्राचार्य निर्मल पौडेल र सामाखुशी क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिको सहभागीता रहेको थियो ।
सरस्वती पुजाको अवसर पारेर आज विहान विद्यालय प्राङ्गणमा होम होमादी तथा पुजाआजासमेत गरिएको थियो । मन्टेश्वरीदेखि कक्षा १२ सम्मको अध्यापन गराउँदै आएको महर्षीमा हाल ७०० विद्यार्थी अध्ययनरत छन् ।
मन्टेश्वरीको छुट्टै विल्डिङ, व्यवस्थित क्यान्टिन, बास्केटबल कोर्ट, स्वीमिङ पुललगायतको व्यवस्था भएको उक्त विद्यालय सामाखुशीको पवित्रनगरमा अवस्थित छ ।
क्याटेगोरी : समाचार
ट्याग : #महर्षि स्कूल, #सरस्वती पुजा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्