Techie IT
सोमबार, वैशाख २२,२०८२

अमेरिकी सेनामा घुसे चीनियाँ जासुस, ८ वर्षको सजाय


एजेन्सी । अमेरिकी एविएशन सेक्टरको संवेदनशील जानकारी चोरेको आरोपमा एक चीनियाँ इन्जीनियरलाई ८ वर्षको सजाय सुनाइएको छ।

अमेरिकी न्याय विभागका अनुसार ३१ वर्षीय जी चाओचिनले गोप्य सूचना प्राप्त गर्न वैज्ञानिक र इन्जिनियरको पनि पहिचान गरेको बताएको छ।

यसकासाथै उनी आफैं अमेरिकी सेनाको रिजर्व ग्रुपमा सामिल भएका थिए र आफ्नो बारेमा गलत जानकारी उपलब्ध गराएका थिए।

अमेरिकी प्रशासनका अनुसार जी चाओचिन चीनको एक मुख्य स्टेट् इन्टलिजेन्ट युनिटका लागि काम गरिरहेका थिए।

अमेरिकी न्याय विभागका अनुसार जी चाओचिन लगभग एक दशक पहिले विधार्थी भिषामा अमेरिका पुगेका थिए।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अमेरिकी सेना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545