गृहमन्त्री रबि लामिछानेको वकिललाई न्यायाधीशको प्रश्न– कायम नरहेको नागरिकताबाट राहदानी बनाउन मिल्छ ?
काठमाडौं । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । गत बुधबार सुनुवाइ नसकिएर हेर्दाहेर्दैमा राखिएको मुद्धा आज सुनुवाइका लागि पेशी तोकिएको हो । लामिछानेको नागरिकता विवाद नागरिकतामा मात्रै सीमित नभएर राहदानीमा प्रवेश पाएको छ ।
अमेरिकी नागरिकता त्याग नगरी आमेरिकी राहदानी पनि कायम रहेको अवस्थामा उनले पुनः नेपालबाट पनि राहदानी बनाएको आरोप पनि लामिछानेमाथि छ । अहिले गृहमन्त्री लामिछानेका वकिलहरुले बहस गरिरहेका छन् । लामिछानेका वकिललाई न्यायाधीशले कायम नरहेको नेपाली नागरिकता पेस गरेर राहदानी बनाउन मिल्छ ? भनेर प्रश्न गरेका छन् ।
अधिवक्ता केसीले जवाफमा यो विषय रिट निवेदकको विषय नभएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गृहमन्त्री रबि लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्