राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने माओवादी केन्द्रको संकेत
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) को विकल्प खोज्ने संकेत गरेको छ ।
बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकमा राज्यका सबै संयन्त्र एउटै पार्टीमा जाँदा निरंकुशता जन्मिने खतरा रहेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोजेर जानुपर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले मन्त्रालय भागबण्डा र मर्यादाक्रममा पनि असन्तुष्टि जनाएको बुझिएको छ । उहाँले सभामुख र राष्ट्रपति एउटै पार्टीको हुने कुरामा गम्भीर भएर सोच्नुपर्नेमा पनि जोड दिनुभएको बताइएको छ । सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाउँदा भोलि केपी ओली प्रधानमन्त्री हुँदा आउन सक्ने परिस्थितिको मूल्यांकन आवश्यक रहेको धारणा अध्यक्ष प्रचण्डले राख्नुभएको स्रोतले उल्लेख गरेको छ ।
अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गर्नुभएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष प्रचण्डले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गर्नुभएको उहाँले बताउनुभयो । पार्टी एकता र संगठन बिस्तार पनि बैठकको एजेण्डा रहेको छ । स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे फेरि बस्दैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा ( माओवादी केन्द्र, #नेकपा एमाले, #राष्ट्रपति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्