राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने माओवादी केन्द्रको संकेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) को विकल्प खोज्ने संकेत गरेको छ ।
बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकमा राज्यका सबै संयन्त्र एउटै पार्टीमा जाँदा निरंकुशता जन्मिने खतरा रहेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोजेर जानुपर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले मन्त्रालय भागबण्डा र मर्यादाक्रममा पनि असन्तुष्टि जनाएको बुझिएको छ । उहाँले सभामुख र राष्ट्रपति एउटै पार्टीको हुने कुरामा गम्भीर भएर सोच्नुपर्नेमा पनि जोड दिनुभएको बताइएको छ । सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाउँदा भोलि केपी ओली प्रधानमन्त्री हुँदा आउन सक्ने परिस्थितिको मूल्यांकन आवश्यक रहेको धारणा अध्यक्ष प्रचण्डले राख्नुभएको स्रोतले उल्लेख गरेको छ ।
अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गर्नुभएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष प्रचण्डले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गर्नुभएको उहाँले बताउनुभयो । पार्टी एकता र संगठन बिस्तार पनि बैठकको एजेण्डा रहेको छ । स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे फेरि बस्दैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा ( माओवादी केन्द्र, #नेकपा एमाले, #राष्ट्रपति
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्