गोरखाको ल्होमा रहेको हिनाङ गुम्बामा आगलागी
गोरखा । गोरखाको ल्होमा रहेको हिनाङ गुम्बामा आगलागी भएको छ । आगलागीबाट गुम्बालाई के कति क्षति भएको छ भन्ने बारेमा यकिन विवरण भने प्राप्त हुन सकेको छैन ।
चुमनुब्री गाउँपालिका–२ को ल्होमा रहेको पुरानो गुम्बामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिनुभयो । ‘आगलागी भएको जानकारी आएको छ’ उहाँले भन्नुभयो ‘प्रहरी घटना स्थल नपुगेका कारण क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।’
घटना थाहा पाए लगत्तै ल्होबाट प्रहरीको टोली पठाएको भएता पनि उक्त स्थानमा पुग्न ४ देखी ५ घण्टा लाग्ने भएका कारण के कति क्षति भएको भन्ने जानकारी प्राप्त हुन सकेको छैन । उक्त गुम्बा सो क्षेत्रकै पुरानो भएको र जङ्गल बिचमा भएका कारण आगोले उग्र रूप लिएको खण्डमा ठुलै क्षति हुने अनुमान गरिएको छ ।
वडाध्यक्ष मुङगुर दोर्जेका अनुसार दिउँसो ४ बजेतिरबाट गुम्बामा आगलागी भएको हो । हिनाङ समुन्द्र सतहबाट ३ हजार ३०० मिटर उचाइमा रहेको गाउँको हो । हिनाङ गुम्बा पुरानो गुम्बाका रुपमा रहँदै आएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्