Techie IT
सोमबार, वैशाख २२,२०८२

गृहमन्त्री रविले भेटे आत्मदाह गर्ने प्रेम आचार्यका परिवारलाई


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ का परिवारलाई भेटेका छन् ।

हिजो मंगलबार संसद भवन नयाँ बानेश्वरअघि आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज बुधबार बिहान बर्न अस्पताल कीर्तिपुरमा निधन भएको थियो ।

अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई भेट्दै सान्त्वना दिएका उनको सचिवालयले जनाएको छ ।

यसअघि बिहान मात्र सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, #रवि लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545