बागमती प्रदेशमा मन्त्रीहरुको नाम टुंगियो, आजै शपथ
हेटौंडा । बागमती प्रदेशको मन्त्रीहरुको टुंगो लागेको छ ।
प्रदेशमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमती भएअनुसार दलहरुले आ-आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।
नेकपा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसकेका छन् ।
यसैगरी माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।
माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रदेश मुख्यमन्त्री छन् ।
राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।
राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बन्ने भएका छन् ।
उनले यसअघि विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका थिए । नवनियुक्त मन्त्रीहरूको सपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बागमती प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्