आत्मदाहको अवस्था हिजोदेखिको निराशा र पीडाको परिणाम : गृहमन्त्री रवि लामिछाने
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको अवस्था हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताउनु भएको छ ।
आचार्यको बुधबार निधन भएपछि फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न के नै बाँकी रह्यो र ? भन्नुभएको छ ।
आफूहरु जस्ता नयाँ पार्टीले पनि आशा जगाउन नसकेकोमा दुःख ब्यक्त गर्दै उपप्रधानमन्त्री लामिछानेले आशा जगाउन नसक्नुमा आफूहरु दोषी रहेको भन्दै दिवंगत आचार्यसँग माफि माग्नुभएको छ ।
गृहमन्त्री लामिछानेले यस्तो लेख्नु भएको छ :
‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो। दुस्ख त मलाई यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौं, हामीलाई माफ गर्नुहोला। तपाईंको आत्माले चीर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस् ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृहमन्त्री, #रवि लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्