अध्ययनका लागि विदेसिनुपर्ने बाध्यतालाई रोक्नका लागि विश्वविद्यालय विधेयक : शिक्षामन्त्री खनाल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताएका छन् ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक-२०७९ माथि भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै शिक्षा मन्त्री खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता एने ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताएका हुन् ।
आफू सो ऐन ल्याउने कुराप्रति अत्यन्तै सचेत रहेको शिक्षामन्त्री खनालले बताए । उनले सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि दुवै कुरालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै छिटोभन्दा छिटो ती ऐनहरुलाई सांसदहरुको हातसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन पनि आउनुपर्छ भन्ने जुन कुरा छ त्यो कुराप्रति म एकदमै सचेत छु । सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा दुवै कुरालाई प्राथमिकताका साथ राखेको भएर आगामी दिनहरूमा विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐनमा शिक्षा मन्त्रालयले एकदमै तदारुकताका साथ काम गर्छ र ति माननीय सांसदहरु सम्म पुर्याउँछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
नेपाल विश्वविद्यालय विधेयकको आवश्यकता अध्ययनका लागि विदेसिनुपर्ने बाध्यतालाई रोक्नका लागि भएको उनले बताए । विद्यार्थीहरूलाई स्वदेशमै उच्च शिक्षाको अवसर हुँदा नेपालको आर्थिक विकास हुने र अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिने उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विज्ञान तथा प्रविधि मन्त्रालय, #शिक्षा, #शिशिर खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्