शारीरिक शोषण गरेको भन्दै नायिकाले दिइन मुद्धा
लसएञ्जलस । हलिउड अभिनेता जोनी डिप अचेल पूर्वपत्नी एम्बर हर्डलाई लिएर आलोचनाको सिकार भइरहेका छन् । केही समयअघि पूर्वपत्नी एम्बरले डिपले आफूमाथि शारीरिक तथा मानसिक शोषण गरेको आरोप लगाउँदै मानहानिको मुद्दा दर्ता गरेकी थिइन् ।
एम्बरको वकिलले डिपले एम्बरमाथि घरेलु हिंसाका साथै सार्वजनिक रूपमै शोषण गर्ने कोसिस गरेका थिए । पश्चिमी मिडियाका अनुसार त्योभन्दा अगाडि पनि एम्बरले डिपले आफ्नो औँला भाँचिदिएको आरोप लगाएकी थिइन् । डिपले आफूलाई ५५ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने माग एम्बरले राखेकी थिइन् ।
अहिले एम्बरले दर्ता गरेको मुद्दाअनुसार सन् २०१३ मा डिपले उनलाई पिट्नुका साथै उनका सामान पनि जलाइदिएका थिए । साथै, सन् २०१४ मा डिपले एम्बरमाथि नराम्रो व्यावहार गरेका थिए ।
एम्बरले डिपसँग आफूले गरेको च्याटको स्क्रिनसट पनि अदालतमा पेस गरेकी छिन् । हुन त २०१६ मा अदालतले डिपलाई पत्नी एम्बरबाट टाढा रहनका लागि आदेश दिएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #शारीरिक शोषण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्