मंगलबार ८.१५ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । मंगलबार दिनभरजसो घटिरहेको सेयर बजार बढेर बन्द भएको छ । मंगलबार ८.१४ अंकले बढेको बजार २१७३.२४ बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार बजार २१४० सम्म ओर्लिएको थियो । मंगलबार शून्य दशमलव ३८ प्रतिशतले बजार बढेको हो । यस दिन कुल २४८ धितोपत्रको ५२ हजार ४५० वटा कारोबारबाट ८३ लाख १८७ कित्ता सेयर किनबेच भएको छ । मंगलबार ३ अर्ब ३ करोड २३ लाख ३९ रुपैयाँको कारोबार भएको छ । मंगलबार बैंकिङ, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसूचक घटेका छन् ।
सबैभन्दा धेरै वित्त उपसूचकका लगानीकर्ताले कमाएका छन् । मंगलबार सानिमा जीआईसी इन्स्योरेन्स र सूर्योदय वामी लघुवित्तको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो । शिवश्री हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंक, मल्टिप्रपोप फाइनान्सको मूल्य समेत धेरैले बढेको छ । मैलुङ खोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ५.४८ प्रतिशतले घटेको छ ।
मंगलबार नेपाल टेलिकम, शिवश्री हाइड्रो, अपी पावर, अपर तामाकोशी लगायत कम्पनीको धेरै कारोबार भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्