प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कार्य स्वीकार्य हुँदैन : प्रदीप पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताउनुभएको छ ।
रेडियो नेपाल कर्मचारी संघ सिंहदरबार इकाईको १० औँ अधिवेशनको आज उद्घाटन गर्नुहुँदै नेता पौडेलले सरकारी सञ्चार माध्यमहरू जनताको करबाट चल्ने भएकाले कुनै अमुक दल र समूहको मुखपत्र हुन नहुने धारणा राख्नुभयो ।
नेता पौडेलले सरकारी सञ्चारमाध्यमहरू जनताका आवाजहरू उठाउन स्वतन्त्र रहेको भन्नुहुँदै प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने गरी सार्वजनिक प्रसारण ऐन ल्याउन नुहुनेमा जोड दिनुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले १५ औँ योजनाको लक्ष्य अनुरुप मुलुकका सबै भूभागमा रेडियोको प्रसारण पहुँच पुर्याउन रेडियो नेपाल कटिबद्ध भएर लागेको बताउनुभयो ।
कार्यकारी निर्देशक केसीले सरकारको नीति र निर्देशन बमोजिम रेडियो नेपालले काम गर्नुपर्ने बाध्यता रहेको भन्नुहुँदै सरकारले नै आर्थिक स्रोतको सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यकारी निर्देशक केसीले कर्मचारीको हकहितमा आफु सधैँ सकारात्मक रहेको भन्नुहुँदै करारमा कार्यरत कर्मचारीलाई चाँडै नै सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी पुरुषोत्तम दाहाल, रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सञ्चालक समितिका सदस्य सिताराम पोखरेल, नायव कार्यकारी निर्देशक खगेन्द्र खत्री, रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेतनारायण पौडेल, पब्लिक मिडिया फोरमका अध्यक्ष दुर्गा फुयाँल, रेडियो नेपाल पत्रकार महासङ्घका अध्यक्ष विप्रमणी आचार्य लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रदीप पौडेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्