प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कार्य स्वीकार्य हुँदैन : प्रदीप पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताउनुभएको छ ।
रेडियो नेपाल कर्मचारी संघ सिंहदरबार इकाईको १० औँ अधिवेशनको आज उद्घाटन गर्नुहुँदै नेता पौडेलले सरकारी सञ्चार माध्यमहरू जनताको करबाट चल्ने भएकाले कुनै अमुक दल र समूहको मुखपत्र हुन नहुने धारणा राख्नुभयो ।
नेता पौडेलले सरकारी सञ्चारमाध्यमहरू जनताका आवाजहरू उठाउन स्वतन्त्र रहेको भन्नुहुँदै प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने गरी सार्वजनिक प्रसारण ऐन ल्याउन नुहुनेमा जोड दिनुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले १५ औँ योजनाको लक्ष्य अनुरुप मुलुकका सबै भूभागमा रेडियोको प्रसारण पहुँच पुर्याउन रेडियो नेपाल कटिबद्ध भएर लागेको बताउनुभयो ।
कार्यकारी निर्देशक केसीले सरकारको नीति र निर्देशन बमोजिम रेडियो नेपालले काम गर्नुपर्ने बाध्यता रहेको भन्नुहुँदै सरकारले नै आर्थिक स्रोतको सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यकारी निर्देशक केसीले कर्मचारीको हकहितमा आफु सधैँ सकारात्मक रहेको भन्नुहुँदै करारमा कार्यरत कर्मचारीलाई चाँडै नै सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी पुरुषोत्तम दाहाल, रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सञ्चालक समितिका सदस्य सिताराम पोखरेल, नायव कार्यकारी निर्देशक खगेन्द्र खत्री, रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेतनारायण पौडेल, पब्लिक मिडिया फोरमका अध्यक्ष दुर्गा फुयाँल, रेडियो नेपाल पत्रकार महासङ्घका अध्यक्ष विप्रमणी आचार्य लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रदीप पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्