Techie IT
सोमबार, जेठ ११,२०८३

नागरिकले सहज रुपमा न्याय पाउँछन् : कानुन मन्त्री ध्रुव प्रधान


नवलपरासी । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुव बहादुर प्रधानले आम नागरिकलाई सहज रुपमा न्यायको प्रत्याभूत गराउन सरकार लागि परेको बताउनु भएको छ।

कानुनी राज्यको निर्माण नै मुख्य प्राथमिकतामा रहेको भन्दै मन्त्री प्रधान त्यसका लागि सरकारले लागि परेको बताउनुभयो ।

गृहजिल्ला नवलपरासी आई पुग्नुभएका मन्त्री प्रधानले सञ्चारकर्मीहरू सँग कुरा गर्दै दल र र बिचार भन्दा माथि रहेर जिम्मेवारी सम्हाल्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो। ‘थुप्रै कानुन कार्यान्वयनको पाटोमा रहेका छन्,कति कानुनहरु बनाउनु पर्ने छन् जसका लागि हामी सबै निकायसँग छलफलमा छौ’ मन्त्री प्रधानले भन्नुभयो, ‘कतिपय कानुन र ऐन अभावमा जनताले न्याय नपाउने अवस्थाको अन्त्यको प्रयासमा रहने छौ।’

कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीका बारेमा पत्रकारले राखेको जिज्ञासामा कानुन मन्त्री प्रधानले विधि संबत् तरिकाबाटै न्यायालयले त्यसको  निरुपण गर्ने उल्लेख गर्नुभयो । ‘कानुन र विधि भन्दा माथि कोही पनि हुन सक्दैन, न्यायालयबाटै यो टुङ्गिन्छ’उहाँले भन्नुभयो ।

अपुरा र अधुरा कानुनलाई सदनमा छलफल गरी पूर्णता दिइने मन्त्री प्रधानले बताउनुभयो ।

विभिन्न कानुनी अड्चनका कारण सेवाग्राहीले पाउने झन्झटको अन्त्य गरी सुशासन दिलाउन सबै दल र प्रतिपक्षको समेत सहकार्यमा आफू अगाडि बढ्ने मन्त्री प्रधानले बताउनु भयो।


क्याटेगोरी : समाचार
ट्याग : #कानुन न्याय तथा संसदीय मामिला मन्त्री, #ध्रुव बहादुर प्रधान


तपाईको कमेन्ट लेख्नुहोस्