नेविसंघ केन्द्रिय समिति विस्तार हुने निश्चित, शिर्ष नेताको निवासमा आकांक्षी हरुको बाक्लिन थाल्यो भेटघाट
काठमाडौँ । नेपाल विद्याथी संघको केन्द्रिय समिति विस्तार हुने निश्चित हुदै गर्दा पार्टिका शिर्ष नेता हरुको घरमा आकांक्षी हरुको भेटघाट बाक्लिन थालेको छ।त्रिविले चैत ५मा हुने गरि स्ववियु निर्वाचनको तयारी थालेपछि अहिले नेबिसंघ लाई पुर्णता दिनुपर्ने बाध्यात्मक परिष्थिति निर्माण भएको छ।
यस सङै पार्टिको संस्थापन पक्षले पार्टि प्रवक्ता डा. प्रकाशसरण महत, सह महामन्त्री किशोर सिंह राठोर र एन पि साउद लाई आकांक्षी हरुको नामहरु संकलन गरि टुंग्याउन जिम्मा दिएको छ। त्यस्तै शेखर गगन पक्षबाट ने।बि।संघका पुर्व अध्यक्ष केशव सिंहको संयोजकत्तवोमा पुर्व अध्यक्ष रंजित कर्ण, पुर्व महामन्त्री मनोजमणि आचार्य, युवराज पाण्डे, नेता सुवाष पोख्रेल पुर्व उपाध्यक्ष डिल्लिराम सुवेदि, सागर परियार लगायतले नाम संकलन गरि टुंगो लगाउने जिम्मा पाएका छन्।
त्यतै किष्ण सिटौला पक्षबाट बलदेव तिमल्सिनाले जिम्मा पाएका छन्। नेता रामचन्द्र पौडेलको समुह बाट दिपक भटराई र पुर्व महामन्त्री डा. शशांक कोइराला बाट निलकण्ठ रिजाल र उर्मिला थपलियाले जिम्मा लिएका छन्। हाल नेविसंघमा अध्यक्ष दुजाङ्ग शेर्पा एक्लै छन्। अब बन्ने केन्द्रिय समिति प्लेन हुनेछ। यस सङै सबै समुहले कसको नेत्रित्वमा केन्द्रिय समितिमा पठाउने भन्ने निदो पनि गरेका छन्।
शेर बाहादुर देउवा समुह बाट पुर्व केन्द्रिय सदस्य गिता गुरुङले नेतृत्व गर्ने भएकि छन् त्यस्तै शेखर गगन समुह बाट तारा बहादुर थापा, दिनेश शाही पुर्व केन्द्रिय सदस्य प्रेमिका राना मगर लगाएतले नेतृत्व गर्ने चर्चा रहेको छ।
नेता रामचन्द्र पौडेलको तर्फबाट पुर्व केन्द्रिय सदस्य एलिजा ढकाल र पुर्व महामन्त्री शशाङ्क कोइराला को तर्फबाट पुर्व केन्द्रिय सदस्य पुजन गन्धर्वले गर्ने भएका छन्। विधान अनुसार ने।वि।संघ को १०१ सदस्यिय समिति को व्यवस्था रहेको छ तर शिर्ष नेतृत्व तहमा १५१ सदस्यिय समिति बनाउने गरि छलफल अगाडि बढेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारा बहादुर थापा, #दिनेश शाही, #दुजाङ्ग शेर्पा, #नेपाल विद्याथी संघ, #प्रेमिका राना मगर, #स्ववियु निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्