प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिवोल गजुरेल नियुक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त हुनु भएको छ ।
प्रधानमन्त्री दाहालले गजुरेललाई मन्त्रीसरहको सेवा सुविधा पाउने गरी प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्नु भएको हो । सिन्धुलीका स्थायी वासिन्दा गजुरेल माओवादी केन्द्रका उपमहासचिव समेत हुनुहुन्छ । गजुरेल प्रधानमन्त्री दाहालका विश्वास पात्र मानिनुहुन्छ । गत आम निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभामा टिकट नपाएपछि भने गजुरेल दाहालसँग असन्तुष्ट रहनु भएको थियो । २०७४ मा भने गजुरेलले सिन्धुलीबाट जित्नु भएको थियो ।
त्यस अघि संविधान सभा निर्वाचनमा पनि गजुरेल विजयी हुनुभएको थियो । योसँगै प्रधानमन्त्री दाहालको सचिवालय ८ सदस्यीय बनेको छ । यस अघि प्रधमामन्त्री दाहालले सन्तु दराईलाई प्रमुख स्वकिय सचिव, रमेश मल्ल र गंगा दाहाललाई स्वकीय सचिव, सूर्यकिरण शर्मा, मनहरी तिमल्सिना, शिव खकुरेल र गोकर्ण भट्टलाई पनि सचिवालयमा नियुक्त गर्नु भएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #प्रधानमन्त्री, #राजनीतिक सल्लाहकार, #हरिबोल गजुरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्