नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने, सबै दलको सहयोग लिएर अघि बढ्ने
काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
सोमबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले उक्त निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिनुभयो ।
उहाँले सबै राजनीतिक दलहरुसँग सहयोग लिएर राष्ट्रपति निर्वाचनका लागि अघि बढ्ने निर्णय भएको पनि बताउनु भयो । त्यसैगरी बैठकले समयमै राष्ट्रपतिको निर्वाचन गराउनका लागि निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।त्यसैगरी प्रवक्ता महतका अनुसार बैठकमा नेता डा. शेखर कोइराललाले आफूले भन्दै नभनेको कुराको अनर्गल प्रचार गरिएको बताउनु भएको थियो ।
कोइरालाको प्रधानमन्त्री पुष्पकमल दाहालाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरयो भन्ने भनाई बाहिर आएको थियो । तर बैठकमा कोइरालाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको विषयमा यस्तो नभनेको भन्दै प्रस्ट्याउनु भएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्