सबै विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन शिक्षा मन्त्री खनालको निर्देशन
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले आगामी शैक्षिक सत्रका लागि सबै विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा मन्त्री खनालले सबै विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पुर्याउनु सरकारको पहिलो प्राथमिकता भएकाले आगामी शैक्षिक सत्रमा विगतमा जस्तो समस्या नहुने बताउनुभयो ।
सरकारले आगामी वर्षहरुमा पाठ्यपुस्तकको अभाव हुन नदिन दीर्घकालीन योजना बनाउने पनि मन्त्री खानाले बैठकमा जानकारी गराउनुभयो ।
बैठकमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पाठ्यपुस्तक छपाईका लागि आवश्यक पर्ने कागज अभाव हुन नदिन जीटुजी प्रक्रियाबाट खरिद गर्न सकिने बताउनुभयो ।
सचिव सुवेदीले यस वर्षदेखि सरकारले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइका लागि निजी मुद्रण संस्थालाई जिम्मेवारी दिने निर्णय गरेको पनि जानकारी गराउनुभयो ।
बैठकमा पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामाग्री लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले शैक्षिक सत्र २०८० का लागि पाठ्यपुस्तक छपाइको योजना प्रस्तुत गर्नुभयो ।
त्यसैगरी राष्ट्रिय अभिभावक महासङ्घका अध्यक्ष शुप्रभात भण्डारीले वर्षै पिच्छे आउने पाठ्यपुस्तक अभावको समस्या हल गर्न सरकार असफल भएको बताउनुभयो ।
त्यसैगरी, त्रिपुरेशवरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले संघीय राजधानीकै विद्यालयमा समयमा पाठ्यपुस्तक नपुगेको अनुभव सुनाउनुभयो ।
बैठकमा समितिका सांसदहरुले जनक शिक्षाले समयमै पाठ्यपुस्तक छपाइ गरेर वितरणका लागि तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिका सभापति प्रकाश पन्थले आगामी शैक्षिक सत्र सुरु हुनु अगावै सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याउने व्यवस्था गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, #शिशिर खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्