नेपालगञ्ज ‘चौथो प्रादेशिक औद्यौगीक, व्यापार एवं पर्यटन महोत्सव २०७९’ को तयारी पूरा
बाँके । नेपालगञ्जमा माघ १० गते अर्थात मंगलबारबाट विधिवद रुपमा संचालन हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को तयारी भोलि सोमबार सम्म सम्पन्न गरिसक्न व्यापक रुपमा सहकर्मी तथा समिति परिचालन गरिएको छ ।
नेपालगञ्जको सडक डिभिजन परिसरमा १५ दिन सम्म संचालन रह्ने प्रदेशस्तरीय महोत्सवको तयारी भोलि सम्म सम्पन्न गरिसक्ने आयोजकले जनाएको हो । स्टलमा पर्दा, लाईटको व्यवस्था, स्वागत गेट, बाल उद्यान जडान, फिल्डको सफाई, मञ्च लगायतका सजावटको कार्य भोलि सम्म सम्पन्न गरिसक्ने आयोजकको मुल समितिले जनाएको हो । महोत्सवमा थारुहरुको कला संस्कृतिको प्रवद्धनका लागि थारु गाँउ समेत महोत्सव परिसर भित्रै संचालन हुने आयोजकले जनाएको हो ।
महोत्सवलाई रमाईलोको थलो, जमघट हुने थलो र व्यापार गर्न सक्ने तथा सम्भावित लक्ष्यहरु पुरा गर्न सक्ने थलोको रुपमा व्यापकता दिईदै छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा. लि.को सहआयोजनामा यहीँ माघ १० गते देखि २४ गते सम्म महोत्सव संचालन हुन लागेको हो । विगत केही वर्ष देखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेका छन् । यसलाई मध्य नजर गरी यो महोत्वसको आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।
महोत्सवलाई थप आकर्षक बनाउन थारु होमस्टे, थारु गाउँ, टिकटक पारखीका लागि टिकटक प्वाइन्ट निर्माण लगायत प्रचारप्रसारको कार्य तीब्र रुपमा अगाडि बढाइएको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले दिइन । महोत्सवमा करिब २ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिइनेछ । महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका ३ सय स्टल रहनेछ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्