सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलको सर्कुलर
काठमाडौं, ८ माघ । फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीले सर्कुलर जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयले कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यसअघि पटक पटक कोइरीलाई पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले एक्सन लिएको थिएन ।
गृहमन्त्री लामिछानेले लिखित निर्देशन दिँदासमेत प्रहरीले अटेर गर्दै आएको थियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिन कोइरी संसदमै आएको बेलामा पनि पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीको विरोध हुँदै आएको छ ।
२०७७ मंसिर १९ गते एकजना प्रहरीको हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।
कोइरीमाथि २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप छ । कोइरी नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सांसद हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #\, #breaking, #सांसद लक्ष्मी महतो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्