एकथान निरिह गृहमन्त्री रवि लामिछाने होइन : गणेश कार्की
काठमाडौँ । हत्या आरोपी सांसद्लाई पक्राउ गर्न नसक्नु गृहमन्त्री रवि लामिछानेको अक्षमता भएको राष्ट्रिय स्वतन्त्र पार्टीकै एक जना नेताले टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीले हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसक्नु दण्डहीनताको प्रश्रय र ‘तत्कालका लागि गृहमन्त्रीको अक्षमता’ रहेको टिप्पणी गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘कोइरी थुनामा नहुनु दण्डहीनताको प्रश्रय हो र, हाम्रो पार्टीका सभापति तथा गृहमन्त्रीले कोइरीलाई थुनामा पठाउन नसक्नु तत्कालका लागि अक्षमता हो भन्नलाई धेरैबेर सोच्नसम्म पर्दैन ।’
अदालतले थुनामा राख्न आदेश दिएका व्यक्तिहरु थुनामा नै भेटिनु पर्ने उल्लेख गर्दै उनले यस्तो नहुनुको कारण आम नागरिकले थाहा पाउनु पर्ने जनाएका छन् । राजनीतिक रुपमा यस प्रक्रिया पूरा गर्न नसकेको भए सभापतिले यसबारे पनि जानकारी गराउनुपर्ने उनको भनाइ छ ।
उनले जनताले देख्न चाहेको रवि लामिछाने टिभीमा सिधा कुरा चलाउँदै गरेको रवि लामिछाने नै रहेको उल्लेख गर्दै रवि लामिछाने एकथान निरिह गृहमन्त्री नभएको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘हामीले देख्न चाहेको रवि लामिछाने टिभीमा सिधा कुरा चलाउँदै गरेको रवि लामिछाने नै हो । हामीले भेट्न खोजेको रवि लामिछाने आफ्ना कुरा नदबाइ आममानिसले बुझ्न सक्ने सिधा भाषामा मुखरित हुन सक्ने रवि लामिछाने नै हो । एकथान निरिह गृहमन्त्री रवि लामिछाने होइन ।’
क्याटेगोरी : समाचार
ट्याग : #गणेश कार्की, #गृहमन्त्री, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्