एकथान निरिह गृहमन्त्री रवि लामिछाने होइन : गणेश कार्की

काठमाडौँ । हत्या आरोपी सांसद्लाई पक्राउ गर्न नसक्नु गृहमन्त्री रवि लामिछानेको अक्षमता भएको राष्ट्रिय स्वतन्त्र पार्टीकै एक जना नेताले टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीले हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसक्नु दण्डहीनताको प्रश्रय र ‘तत्कालका लागि गृहमन्त्रीको अक्षमता’ रहेको टिप्पणी गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘कोइरी थुनामा नहुनु दण्डहीनताको प्रश्रय हो र, हाम्रो पार्टीका सभापति तथा गृहमन्त्रीले कोइरीलाई थुनामा पठाउन नसक्नु तत्कालका लागि अक्षमता हो भन्नलाई धेरैबेर सोच्नसम्म पर्दैन ।’
अदालतले थुनामा राख्न आदेश दिएका व्यक्तिहरु थुनामा नै भेटिनु पर्ने उल्लेख गर्दै उनले यस्तो नहुनुको कारण आम नागरिकले थाहा पाउनु पर्ने जनाएका छन् । राजनीतिक रुपमा यस प्रक्रिया पूरा गर्न नसकेको भए सभापतिले यसबारे पनि जानकारी गराउनुपर्ने उनको भनाइ छ ।
उनले जनताले देख्न चाहेको रवि लामिछाने टिभीमा सिधा कुरा चलाउँदै गरेको रवि लामिछाने नै रहेको उल्लेख गर्दै रवि लामिछाने एकथान निरिह गृहमन्त्री नभएको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘हामीले देख्न चाहेको रवि लामिछाने टिभीमा सिधा कुरा चलाउँदै गरेको रवि लामिछाने नै हो । हामीले भेट्न खोजेको रवि लामिछाने आफ्ना कुरा नदबाइ आममानिसले बुझ्न सक्ने सिधा भाषामा मुखरित हुन सक्ने रवि लामिछाने नै हो । एकथान निरिह गृहमन्त्री रवि लामिछाने होइन ।’
क्याटेगोरी : समाचार
ट्याग : #गणेश कार्की, #गृहमन्त्री, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्