भारत र चीनसँग असल छिमेकीको सम्बन्ध कायम राख्न चाहन्छु : केपी ओली
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताउनुभएको छ ।
उहाँले राष्ट्रको अहित हुने, मुलुकको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि मुलुकमा हुन दिन नहुने बताउनुभयो ।
नेकपा (एमाले) परराष्ट्र मामिला विभागले शुक्रबारबाट काठमाडौंमा सुरु गरेको दुई दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले दुई छिमेकी मुलुक भारत र चीनसँग पनि असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटक-पटक दोहोर्याउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले पारस्पारिक लाभ र पारस्पारिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउने चाहेको समेत स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि बाह्य लगानी भित्र्याउनुपर्ने भएकाले सोही अनुसारको परराष्ट्र नीति लिनुपर्ने समेत बताउनुभयो । रोजगारी प्रवद्र्धन गर्ने, उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने जस्ता कुराहरुका लागि बाह्य लगानी बढाउन नेपालले ध्यान दिनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष ओलीले सीमा समस्यालगायतका समस्याहरु समाधान हुने गरी परराष्ट्र नीति संचालन गर्न लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो ।
अध्यक्ष ओलीले मुलुकमा विकासलाई तीब्रता दिएर अघि बढन सहज हुने गरी परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्