विमान दुर्घटनाका सम्बन्धमा गठित समितिको प्रतिवेदन समयमै सार्वजनिक गर्न माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले माघ १ गते भएको विमान दुर्घटनाको सत्यतथ्य, निष्पक्ष छानविन र गठित समितिले समयमै प्रतिवेदन बुझाउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसदहरुले माघ १ गते काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै दुर्घटनाको समय सीमाभित्र प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।
सांसद अनिता देवकोटाले कुरा गर्नुभन्दा पनि परिणाममुखी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको बैठकमा शून्य समयमा बोल्नुहुँदै उहाँले नेपाली आकाश असुरक्षित हुँदै गएकोले दुर्घटना हुन नदिनका लागि सरकारले गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।
अर्का सांसद इन्दु कडरियाले माघ १ गते भएको विमान दुर्घटना नदोहोर्याउनका लागि सरकार संवेदनशील हुन जरुरी रहेको र हवाई यात्रालाई सुरक्षित तथा भरपर्दो बनाउनका लागि जहाजको क्षमता परीक्षण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद खिमलाल देवकोटाले मुलुकमा गरिब र बेरोजगारीको फाइदा उठाउँदै प्रलोभन दिँदै धर्म परिवर्तन भइरहेकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा शून्य समयमा सांसदहरु दिलकुमारी रावल थापा पार्वती, प्रकाश पन्त, सिंहबहादुर विश्वकर्मा लगायतकाले बोल्नुभएको थियो ।
राष्ट्रियसभाको बैठक अहिले जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रियसभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्