साताको अन्तिम कारोबारको दिन नेप्सेमा सामान्य वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ५.७१ अंकले बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको बजार अन्तिममा बढेको हो । सेयर बजार २१७८.८१ बिन्दुमा पुगेर रोकिएको हो । यो ०.२६ प्रतिशतको वृद्धि हो । बिहीबार उपसूचकहरुमा समेत मिश्रित नतिजा देखिएको छ ।
बैकिङ, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसूचक बढ्यो भने अन्य उपसूचकहरु घटेका छन् । बिहीबार २४६ धितोपत्रको ५८ हजार ६६५ वटा कारोबारबाट ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच भएको छ । बिहीबार ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको कारोबार भएको छ ।
यस दिन आदर्श लघुवित्त र मैलुङ खोला जलविद्युतको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । निफ्रा, ग्रीन भेन्चर, स्वेत गंगा हाइड्रो समेत धेरै मूल्य बढ्ने कम्पनीमा रहे । कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा धेरै ८.८९ प्रतिशतले गुमाए । बिहीबार एनआईसी एसिया, रिडी, पिपुल्स हाइड्रोसहितका कम्पनीको कारोबार धेरै भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेप्से, #सेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्