Techie IT
शनिबार, वैशाख ५,२०८३

विमान दुर्घटनाका विषयमा संसदले विशेष प्रस्ताव पारित


काठमाडौं । प्रतिनिधिसभाले पोखरामा भएको विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा बोल्ने सबै सांसदहरुले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे आ-आफ्नो धारणा राखेका छन् ।

सोही क्रममा बैठकमा बिहीबार नै प्रतिनिधिसभाले पोखरा विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने जानकारी गराइएको हो । 

१ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा, #विमान दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्