संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्नुपर्छ : हितराज पाण्डे
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गर्नु भएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा घिमिरेले सभामुख पदमा दिएको उम्मेदवारीको समर्थन गर्दै उहाँले त्यस पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गर्नुभएको हो ।
सांसद घिमिरे योग्य र सक्षम रहेको उल्लेख गर्दै प्रमुख सचेतक पाण्डेले संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन उहाँलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने तर्क समेत गर्नुभयो । उहाँले मुलुकको समृद्धि र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न पनि सभामुख पदमा योग्य व्यक्तित्व आवश्यक्त भएकाले आफूले घिमिरेलाई उम्मेदवारी दिनका लागि समर्थन गरेको पनि पटकपटक दोहो¥याउनुभयो ।
प्रमुख सचेतक पाण्डेले नेपाली जनतालाई एकतावद्ध भएर अघि बढाउन पनि घिमिरेको नेतृत्वमा संघीय संसद भए सहज हुने दाबी समेत गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #हितराज पाण्डे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्