उपप्रधानमन्त्री लिङ्देन र एनआरएनएका पदाधिकारीबीच भेटवार्ता
काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनसँग गैर आवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीहरुले भेट गरेका छन् ।
बुधबार दिउँसो सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा पुगेर एनआरएनएका अध्यक्ष रविना थापा, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतका पदाधिकारीहरुले भेट गर्नुभएको हो ।
भेटका क्रममा आफूहरुको मुद्दाबारे ज्ञापनपत्रमार्फत् उपप्रधानमन्त्री लिङ्देनलाई पनि जानकारी गराइएको अध्यक्ष थापाले बताउनुभयो ।
गैर आवासीय नेपाली संघले नेपालमा लगानी भित्र्याउन आफूहरु तयार रहेपनि त्यसको सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो सरकारसँग गर्दै आएको छ ।
आफूहरुको सरोकारबारे सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन नवनियुक्त मन्त्रीहरुसँगको भेटवार्ता पनि सुरु गरिएको एनआरएनएले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र लिङ्देन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्