लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथग्रहण

रुपन्देही । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले शपथ ग्रहण गर्नुभएको छ ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा बुधबार प्रदेश प्रमुख अमिक शेरचनले सभामुख घर्तीलाई शपथग्रहण गराउनुभयो भने सभामुख घर्तीले उपसभामुख केसीलाई शपथ ग्रहण गराउनुभएको हो । माघ ३ गते उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको थियो ।
शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री लिला गिरी, मन्त्रीहरू, सांसदहरू र प्रमुख सचिवसहित विभिन्न मन्त्रालयका सचिवहरू सहभागी रहनुभएको थियो । लुम्बिनी प्रदेशमा सत्तारूढ दलको सहमति अनुसार नेकपा एमालेले मुख्यमन्त्री, माओवादीले सभामुख र राप्रपाले उपसभामुख पाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #लुम्बिनी प्रदेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्