कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित
सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुख पदमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी) केन्द्रका यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको पाँचौँ बैठकमा नेकपा(माओवादी) केन्द्रका सांसद कृष्णबहादुर जिसीले समानुपातिकबाट निर्वाचित प्रदेशसभा सदस्य न्यौपानेलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गर्नुभएको प्रस्तावको पक्षमा २४ मत परेसँगै उहाँ उपसभामुखमा निर्वाचित हुनुभएको हो । प्रस्तावको विपक्षमा १४ मत खसेको थियो ।
४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशसभामा भएको मत विभाजन प्रक्रियामा ३८ सांसदहरु सहभागी हुनु भएको थियो ।
त्यस्तै, नेपाली काँग्रेसबाट उपसभामुख पदमा उम्मेदवारी दिनुभएकी इन्द्रकुमारी शाहीलाई नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले निर्वाचित गरियोस् भनी पेश गर्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
योसँगै कर्णाली प्रदेशसभाको सभामुखमा र उपसभामुख पदमा दुवै जना महिला निर्वाचित हुनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #यशोदा न्यौपाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्