Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

समाजसेवी देवेन्द्र पोखरेलको सहयोगमा लमजुङको जितामा ब्याङ्केट सहयोग


काठमाडौँ । कोथिना मिठो छ होटल तालिम केन्द्र लाजिम्पाटका प्रमुख कार्यकारी अधिकृत (सिईओ) देवेन्द्र पोखरेलको सहयोगमा लमजुङ मध्यनेपाल नगरपालिका वडा नं १ जितामा ब्याङ्केट वितरण गरिएको छ ।

नेपाल प्रेस युनियन काठमाडौँका कावा अध्यक्ष अच्युत रेग्मीको पहलमा समाजसेवी पोखरेलले सहयोग गर्नुभएको आठ थान ब्याङ्केट माघ १ गते पत्रकार रेग्मीका बुबा राजेन्द्र रेग्मी र भाई अनिल रेग्मीले वितरण गर्नुभयो ।

उक्त ब्याङ्केट लमजुङ मध्यनेपाल नगरपालिका वडा नं १ जिताका माया गुरुङ, मनबहादुर सार्की, मैराम्री सार्की, रामचन्द्र न्यौपाने, डम्बरबहादुर थापा, प्रेमबहादुर घर्ती, लुरे गुरुङ र बेचे सार्कीलाई वितरण गरिएको हो ।

वितरण समारोहमा समाजसेवी देवबहादुर थापा, चन्द्रमणि पौडेल, सप्तधारा माविका शिक्षक प्रदीप थापा, सूर्य श्रेष्ठ, लोकबहादुर (बाक्काने) सार्कीलगायतको उपस्थिती रहेको थियो ।

समाजसेवी पोखरेलले कोरोना समयमा गोरखा, धादिङ, रसुवा, नुवाकोट, लमजुङलगायतका जिल्लामा कोरोनाको औषधी निःशुल्क सहयोग गर्नुभएको थियो । उहाँले आगामी दिनमा पनि आफ्नो समाजसेवालाई निरन्तरता दिने बताउनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्