सरस्वती पुजामा महर्षि स्कूलमा ईन्द्रेणी वृहद सांस्कृतिक कार्यक्रम हुने
काठमाडौँ । सरस्वती पुजाको अवसर पारेर सामाखुशीस्थित महर्षि स्कूलमा ईन्द्रेणीको वृहद सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
विभिन्न रचनात्मक कार्यक्रम गरी विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको सो स्कूलले आगामी माघ १२ गते सरस्वती पुजा विशेष कार्यक्रम तथा इन्द्रेणी समूहको वृहद सांस्कृतिक प्रस्तुती गर्न लागेको हो ।
सोही दिन इन्द्रेणीका चर्चित कलाकार कृष्ण कडेंल, मनमाया वाइवा, छत्र शाही, आयुष्मा गौतम, पुजा देवकोटा, सुप्रिम मल्ल ठकुरीलगायतका कलाकारको वृहद सांस्कृतिक प्रस्तुती रहने सो विद्यालयका प्राचार्य निर्मल पौडेलले जानकारी दिनुभयो ।
उक्त विद्यालयमा विहान ८ बजेदेखि सरस्वती पुजा र दिउँसो इन्द्रेणीको सांस्कृतिक कार्यक्रम हुनेछ । मन्टेश्वरीदेखि कक्षा १२ सम्मको अध्यापन गराउँदै आएको महर्षीमा हाल ७०० विद्यार्थी अध्ययनरत छन् ।
मन्टेश्वरीको छुट्टै विल्डिङ, व्यवस्थित क्यान्टिन, बास्केटबल कोर्ट, स्वीमिङ पुललगायतको व्यवस्था भएको उक्त विद्यालय सामाखुशीको पवित्रनगरमा अवस्थित छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्