शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा शिशिर खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा खनाल शिक्षामन्त्री नियुक्त भएका हुन् ।
काठमाडौं–६ बाट प्रत्यक्ष निर्वाचित खनाल सार्वजनिक नीतिशास्त्र पढेका, माध्यमिक शिक्षाको समस्यालाई नजिकबाट बुझेका र त्यसमै काम गरेर आएका व्यक्ति हुन् ।
‘टिच फर नेपाल’ नामक संस्थाका संस्थापक उनले २०७४ सालको निर्वाचनपछि तुलसीपुर महानगरपालिकामा शिक्षा सल्लाहकार भएर काम गरेका थिए । तत्कालीन मेयर घनश्याम पाण्डेको बुझाइमा नवनियुक्त शिक्षा मन्त्री खनाल शिक्षा क्षेत्रमा मुलुकले भोगिरहेको समस्याबारे राम्रो जानकारी राख्छन् ।
‘उहाँलाई गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, उच्च शिक्षाबारे राम्रो ज्ञान छ’, पाण्डेले भने, ‘तुलसीपुरमा पनि काम गरेर उहाँले आफूलाई प्रमाणित गरिसक्नुभएको छ । अब त्यसैलाई देशव्यापी बनाउने अवसर उहाँसँग छ ।’ खनालसँग केही गरौं भन्ने हुटहुटी पनि भएको बताउँदै उनी कर्मचारी संयन्त्र र राजनीतिक संयन्त्र रुपान्तरणमा कति तयार हुन्छन् भन्ने चाहिँ शिशिरका लागि चुनौती हुने बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं ६, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग, #शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, #शिशिर खनाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्